आलमलाई छुटाउन प्रयास गरिरहेको छुः देउवा

आलमलाई छुटाउन प्रयास गरिरहेको छुः देउवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वसांसद मोहम्मद आफताब आलमलाई छुटाउन आफू प्रयासरत रहेको बताएका छन् ।

गढीमाई नगरपालिकाद्वारा गढीमाई नगरपालिका –६ सिंगारमनमा आयोजित विष्णुु महायज्ञको आज उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले इँटाभट्टामा जिउँदै मानिस जलाएर मारेको अभियोगमा कारागारमा रहेका निलम्बित सांसद आलमलाई रिहा गराउन आफूले पहल गरिरहेको जानकारी दिएका हुन् ।

अर्काे प्रसङ्गमा उनले देशबाट अहिले कोरोना पूर्णरुपमा समाप्त नभएकाले विज्ञको सल्लाहअनुसार अनिवार्य मास्कको प्रयोग गर्न र सामाजिक दूरी कायम राख्न सबैलाई आग्रह गरे । पूर्वप्रधानमन्त्री देउवालाई नगर प्रमुख श्यामबाबुु यादवलगायतले स्वागत गरेका थिए । महायज्ञ एक सातासम्म चल्ने जनाइएको छ ।