बी एण्ड सीको सम्बन्धनबारे प्रधानमन्त्रीलाई पूर्वउपकूलपतिहरुले भनेः मर्यादाको पालना गर्नूस्

बी एण्ड सीको सम्बन्धनबारे प्रधानमन्त्रीलाई पूर्वउपकूलपतिहरुले भनेः मर्यादाको पालना गर्नूस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – झापाको बी एण्ड सी शिक्षण अस्पताललाई सम्बन्धन दिने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिप्रति १० जना पूर्वउपकूलपतिहरुले आपत्ति जनाएका छन् ।

बुधबार एक विज्ञप्ति जारी गर्दै १० जना पूर्वउपकूलपतिहरुले अहिलेको ऐन र कानुनको मर्यादाभित्र रही अथवा त्यसमा आवश्यक सुधार गरी चिकित्साशिक्षाको विस्तार गर्नुको साटो राज्यद्वारा अराजकताको व्यवहार हुनु बिडम्बनापूर्ण भएको बताएका छन् । उनीहरुले समय हुँदै गल्तीलाई सुधार गरेर अपराधपूर्ण कार्य हुनबाट बची प्राज्ञिक मर्यादाको पालना गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन् ।

‘अहिलेको ऐन र कानुनको मर्यादाभित्र रही अथवा त्यसमा आवश्यक सुधार गरी चिकित्साशिक्षाको विस्तार गर्नुको साटो राज्यद्वारा अराजकताको व्यवहार हुनु भनेको अति नै ठूलो बिडम्बना हो’, विज्ञप्तिमा भनिएको छ, ‘विश्वविद्यालयको स्वायत्तता र प्राज्ञिक स्वतन्त्रताका लागि समर्पित हुनुपर्ने प्राज्ञहरूले पनि कतैबाट आएको दबाबका कारण वा स्वेच्छाले प्राज्ञिक मर्यादाविपरीत कुनै निर्णय गर्नु ठूलो दुर्भाग्यको कुरा हो ।’

त्यस्तै विज्ञप्तिमा काठमाण्डु विश्वविद्यालयले एउटा निजी कलेजलाई चिकित्साशिक्षाको स्नातक स्तर कार्यक्रमका लागि सम्बन्धन दिएकोमा आपत्ति जनाएका छन् ।

मंगलबार झापामा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले बी एण्ड सी अस्पतालले छिट्टै मेडिकल कलेजको मान्यता पाउने बताएका थिए ।

‘बी एण्ड सी मेडिकल कलेजको अहिलेसम्म मान्यता पाएको छैन । यो माग छिट्टै पूरा हुन्छ । हामी नेपाललाई निरोगी देश बनाउन चाहन्छौँ । त्यसको लागि बी एण्ड सी जस्तै प्रशस्त मेडिकल कलेजको आवश्यता पर्छ’, ओलीले भनेका थिए, ‘संरचना तयार पारेको बी एण्ड सी अस्पताललाई सम्बन्धन नदिने कुरै भएन । सबैलाई थाहा छ नेपाल मेडिकलको क्षेत्रमा संसारको सबैभन्दा सस्तोमा उपचार पाउने ठाउँ हो ।’