काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादु देउवाले कोरोना भाइरस संक्रमणविरुद्धको खोप लगाएका छन् । बुधबार सिभिल अस्पताल पुगेर कोरोना भाइरस विरुद्धको खोप लगाएका हुन् ।
‘आज मैले पनि निजामति अस्पताल पुगेर कोभिड–१९ को खोप लगाएँ’, उनले भनेका छन् ।
सभापति देउवाले आफ्नो पालोअनुसार कोरोनाविरुद्धको खोप लगाउन सबैलाई आग्रह गरेका छन् । उनले महामारीको अन्त्य भइनसकेकाले मास्क लगाउन, साबुन पानीले नियमित हात धुन र भौतिक दूरी कायम गर्न आग्रह गरेका छन् ।




प्रतिक्रिया