काठमाण्डु – जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुरम भट्टराईले सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीचको वार्ता सकारात्मक रहेको बताएका छन् ।
बुधबार सरकार र विप्लव नेतृत्वको नेकपाबीच दोस्रो चरणको वार्ता सम्पन्न भएपछि अध्यक्ष भट्टरार्यले ट्वीट गर्दै दुवै पक्षले दीर्घकालीन शान्ति र संरचनात्मक परिवर्तनका निम्ति प्रयोग गर्नु उत्तम हुने बताए ।
‘बिप्लव समूहसंग वार्ताको प्रयत्न ठीक छ । दुवै पक्षले तत्कालीन राजनीतिक लाभांश निम्ति हैन दीर्घकालीन शान्ति र संरचनात्मक परिवर्तननिम्ति यसलाई प्रयोग गरे गजब हुनेछ’, उनले भनेका छन् ।
त्यस्तै डा. भट्टराईले विप्वल नेतृत्वको नेकपासँगको वार्ता सँगै बेपत्ता आयोगको काम पनि टुंगोमा पुर्याउन सरकारसँग आग्रह गरेका छन् ।
‘संगसंगै तत्कालीन जनयुद्ध र राज्यको नेतृत्व गर्ने शक्तिहरूसंग समझदारी गरेर वेपत्ता आयोगको काम टुंग्याए सुनमा सुगन्ध हुनेछ’, उनले भनेका छन् ।




प्रतिक्रिया