१ अर्ब घुस अफर गर्नेको नाम सार्वजनिक गर्न मन्त्रीलाई काठ व्यवसायीको चुनौती

१ अर्ब घुस अफर गर्नेको नाम सार्वजनिक गर्न मन्त्रीलाई काठ व्यवसायीको चुनौती

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल वन पैदावर उद्योग व्यवसायी महासंसघले एक अर्ब घुस अफर गर्नेको नाम सार्वजनिक गर्न वन तथा वातावरणमन्त्री प्रेम आलेलाई चुनौती दिएको छ ।

बुधबार महासंघका अध्यक्ष श्याम सुन्दर ढकालले एक विज्ञप्ति जारी गर्दै घुस दिन खोज्ने व्यावसायीको नाम सार्वजनिक गर्न आग्रह गरेका छन् । त्यस्तै उनले घुस दिने व्यक्तिलाई कडा कारबाही गर्ने पनि प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘महासंघले जारी गरेको आधारसिंहिता र महासंघको उदेश्य विपरित हुने गलत लेनदेनको महासंघ घोर भत्र्सना गर्दछ । यदि कसैले त्यस्तो लेनदेनका कुराहरु गरेको छ भने निजहरुको नाम सार्वजनिक गर्न अनुरोध गर्दै नियमअनुसार कडा भन्दा कडा कारबाहीका लगि महासंघजोडदार माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।