काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबीच भएको सहमति सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् ।
बिहीवार बिहान सरकार र विप्लव नेतृत्वको नेकपाबीच ३ बुँदे सहमति भएपछि सामाजिक सञ्जाल ट्विटरमार्फत थापाले सरकार र विप्लवबीच भएको सहमति सकारात्मक रहेको प्रतिक्रिया दिएका हुन् ।
उनले संवाद र शान्तिपूर्ण राजनीतिक माध्यमबाट समस्याको समाधान खोज्ने नेकपाको प्रतिबद्धता स्वागतयोग्य रहेको जनाएका छन् ।
‘नेपाल सरकार र नेकपा विप्लव समूहका बीचमा भएको सहमति सकारात्मक छ । संवाद र शान्तिपूर्ण राजनीतिक माध्यमबाट समस्याको समाधान खोज्ने नेकपाको प्रतिबद्धता स्वागतयोग्य छ,’ उनले लेखेका छन् ।




प्रतिक्रिया