सरकार र विप्लव नेकपाबीचको सहमति स्वागतयोग्यः नेकपा माले

सरकार र विप्लव नेकपाबीचको सहमति स्वागतयोग्यः नेकपा माले

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सीपी मैनाली नेतृत्वको नेकपा मालेले सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच भएको सहमतिलाई स्वागत गरेको छ ।

नेकपा मालेले आज एक विज्ञप्ति जारी गर्दै विप्लव नेतृत्वको नेकपाले हिंसाको राजनीतिक गतिविधि छाडेर शान्तिपूर्ण राजनीतिमा आएको भन्दै उक्त सहमतिको स्वागत गरेको हो । सरकार र विप्लव नेकपाबीच यसअघि आजै ३ बुँदे सहमति भएको थियो ।

‘नेपाल सरकार र विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीबीच आज विहान तीन बुँदे सहमति भएको कुरा सार्वजनिक भएको छ । हिंसाको राजनीतिक गतिविधि छाडेर शान्तिपूर्ण राजनीतिक गतिविधिमा आउनु स्वागतयोग्य छ’, जारी विज्ञप्तिमा भनिएको छ ।

मालेले दुवै पक्षको वार्ताद्वारा गरिएको सहमतिको विवरण चाँडै सार्वजनिक हुने विषयबारे पार्टी प्रतिक्षारत रहेको बताएको छ ।