मलाई मधेश पस्न नदिनुस्, तर तपाईहरुको सुख्खा खेत चिसो बनाईदिन्छुः प्रधानमन्त्री ओली

मलाई मधेश पस्न नदिनुस्, तर तपाईहरुको सुख्खा खेत चिसो बनाईदिन्छुः प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई मधेशमा प्रवेश गर्न नदिएपनि सिंचाइका लागि पानी पस्न नरोक्न आग्रह गरेका छन् ।

बिहीबार सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास गर्दै उनले आफूलाई मधेश विरोधी भनेर त्यस क्षेत्रमा पस्न नदिए पनि सिंचाइका लागि पानी पस्नचाहिँ नरोक्न आग्रह गरेका हुन् ।

‘केपी ओली मधेस विरोधी हो भन्दै मधेस पस्न नदिने भन्थे’, उनले भने, ‘ओली मधेस नपसे पनि पानी पसाइदिन्छ ।तपाईंहरुका सुख्खा खेतलाई चिसा बनाइदिन्छ केपी ओलीले ।’

प्रधानमन्त्री ओलीले सो आयोजनाले पहाड र तराईको सम्बन्धलाई जोड्ने बताए ।