काठमाण्डु – साताको अन्तिम आज नेप्से परिसूचक ९०.६७ अंकले बढेर २५०६.६८ अंकमा पुगेको हो । यो संख्या बुधबारको तुलनामा ३.७५ प्रतिशत बढी हो ।
सेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार करिब साढे ९१ अंकले बढेर २ हजार ५ सय भन्दा माथि पुगेको छ । बुधबार नेप्से करिब ४० अंकले घटेको थियो । यो साता अधिकांश कारोबार दिनमा घटेको नेप्सेमा बिहीबार उछाल नै आएको हो ।
सो दिन ‘क’ वर्गका कम्पनीहरुको सेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ३.३६ र व्यापारमा रहेका सबै कम्पनीहरुको सेयर कारोबार मापक परिसूचक ३.७२ प्रतिशतले बढेको छ ।
बिहीबार सबै उपसमूहको परिसूचक बढेको छ । सबैभन्दा धेरै अन्य समूहको सूचक ५.४४ प्रतिशत बढ्यो । त्यस्तै, इन्भेष्टमेन्टको ५.२६, लघुवित्तको ५.०६ प्रतिशत बढेको नेप्सेले जनाएको छ ।
सोहीदिन २ सय ६ कम्पनीको १ करोड ६६ लाख २२ हजार ७६३ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ५ करोड ८१ लाखको रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।




प्रतिक्रिया