शुक्रबार कुन राशिका लागि कति शुभ ? हेर्नुहोस भाग्यफल

शुक्रबार कुन राशिका लागि कति शुभ ? हेर्नुहोस भाग्यफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  वि.सं.२०७७ साल फाल्गुण २१ गते । शुक्रबार । ईश्वी सन् २०२१ मार्च ०५ तारिख । नेपाल संवत् ११४१ ।  काठमाण्डुमा सूर्योदय बिहान ०६ बजेर २६ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०५ मिनेट । दिनमान २९ घडी ०८ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समय मध्ययम रहेकोले कुनै व्यापार व्यावसायमा लगानी गर्नको लागि केही दिन कुर्नुहोला । आर्थिक व्यवस्थापनका लागी गरीने कामहरु अन्तिम निष्कर्षमा नपुगी बीचमा नै अवरुद्ध हुन सक्छन्,ध्यान दिनुहोला ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) राजनीति गर्नेहरुले सहकर्मीहरुलाई किनारा लगाउदै पद प्रतिष्ठा पाउनेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आर्थिक रुपमा सम्पन्न हुने योग रहेकोछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) हरेक क्षेत्रमा अवसरवादी हावी हुनाले कामहरु समयमा सम्पन्न हुदैनन । पढाइ लेखाइमा एकरुपता नहुँदा अरुभन्दा पछी परिनेछ । माया प्रेममा अविश्वास तथा धोका हुने अधिक सम्भावना रहेकोछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलार्ई परास्त गर्दै नतिजा आफूतिर ल्याउन सकिनेछ भने ऋण,रोग तथा सत्रुबाट छुटकारा पाउने समय रहेकोछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)  पढाइ लेखाइ बिभिन्न कारणले बिग्रन सक्छ ध्यान दिनुहोला । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)  माया प्रेमका कोपिलाहरु फक्रिएर जानेछन् भने नया ठाउबाट प्रेम प्रस्ताव आउनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आकस्मिक धन सम्पती हात लागी हुने योग रहेकोछ । पदिए दायित्व बढ्ने तथा काम गर्ने ठाउमा तपार्ईँको काम गर्ने शैलिको धेरैले प्रशंसा गर्नेछन् ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) अध्ययनमा रुची बढ्नेछ भने उल्लेख्य सफलता प्राप्त हुनेछन् । आफन्त तथा परिवारको साथ रहने हुँदा उपलव्धी मुलक कामहरु समयमा नै सम्पन्न हुनेछन् । प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिने हुनाले एक अर्कालाई विश्वास गर्दै जान सकिनेछ । बोलिको प्रभाव बढ्ने हुनाले बोलेर राम्रा कामहरु गर्न सकिनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)  आफन्त तथा आमासँग सानो सानो कुरामा विवाद बढ्ने योग रहेकोछ । पढ्ने लेख्ने कामका खासै मन नजादा अरुभन्दा पछी परिनेछ । व्यापार व्यावसायमा समय दिएपनि खासै उपलव्धी हासिल हुने छैन भने घर जग्गाको कारोबारबाट केहि मात्रामा लाभ लिन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पढाइ लेखाइमा तपार्ईँ आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनुहोला । यात्राको गतिलो सम्भावना रहेको छ भने विदेशी सामानको व्यापार फस्टाएर जानेछ । मायाप्रेममा अविश्वास बढ्नेछ भने सामान्य स्वास्थ्य सम्वन्धी समस्या आउने योग रहेकोछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)  आर्थिक रुपमा सम्पन्न हुने चालिएका कदमहरूबाट भनेजस्तो नतिजा आउने हुनाले मन प्रफुल्लित हुनेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्ने वाताबरण बन्नेछ । पढाइ लेखाइमा मनजाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यापार व्यावसायमा प्रशस्त नाफा कमाउन सकिनेछ भने पढाइ लेखाइमा भनजस्तो सफलता हुने हुँदा मन प्रशन्न रहनेछ । नयाँ काम पाउने तथा नोकरीमा पदोन्नतिको गतिलो योग रहेकोछ । तरपनि राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)  सानो सानो लगानी गर्दा पनि व्यापार व्यावसाय फस्टाएर जानेछ । प्रेमको ठोरो कसिनुको साथै घर परिवार तथा आफन्तबाट भनेजस्तो सहयोग पाइनेछ । सरकारी क्षेत्रमा सम्मानजनक सहभागिता रहने योग रहेकोछ ।