काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता सुरू भएको छ । प्रतिबन्धपछि प्रधानमन्त्री र विप्लवबीच पहिलोपटक भेट भएको हो ।
उनीहरुबीच ‘वान टू वान’ वार्ता सुरू भएकाे स्राेतले जानकारी दियाे । भेटमा आगामी रणनीतिका विषयमा छलफल हुने स्रोतले जानकारी दियो । उनी वार्ता समितिका संयोजक खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सँगै बालुवाटार पुगेका छन् ।
दिउँसो २ बजे राष्ट्रियसभागृहमा सम्बोधन गर्नुअघि महासचिव विप्लव प्रधानमन्त्री भेट्न बालुवाटरमा पुगेका हुन् । विप्लवलाई नवलपरासीबाट प्रहरीले स्कर्टिङ गरेर काठमाण्डु ल्याएकाे हाे ।
प्रधानमन्त्री र महासचिव विप्लवले सभागृहबाट संयुक्त सम्बोधन गर्दैछन् ।




प्रतिक्रिया