काठमाण्डु – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृ माया ज्ञवाली प्रचण्ड–माधव नेपाल समूहमा फर्किएकी छन् ।
पार्टी विभाजनपछि उनी केपी ओली समूहमा सहभागी भएकी थिइन् । उनले आफू प्रचण्ड–नेपाल समूहमा नरहेको घोषणा गरेकी थिइन् ।
सांसद ज्ञवाली शुक्रबार बसेको प्रचण्ड–नेपाल समूहको संसदीय दलको बैठकमा सहभागी भएकी छन् । उनी तत्कालीन एमालेका संगठन विभाग प्रमुख जीवराज आश्रितकी श्रीमतीसमेत हुन् ।




प्रतिक्रिया