काठमाण्डु – नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्न बालुवाटार पुगेका छन् । प्रतिबन्धपछि प्रधानमन्त्री र विप्लवबीच पहिलोपटक भेटवार्ता भएको हो ।
भेटमा आगामी रणनीतिका विषयमा छलफल हुने बताइएको छ । उनी वार्ता समितिका संयोजक खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहितका नेताहरु लिएर बालुवाटार पुगेका छन् ।
राष्ट्रियसभागृहमा सम्बोधन गर्नुअघि महासचिव विप्लव प्रधानमन्त्री भेट्न बालुवाटरमा पुगेका हुन् । प्रधानमन्त्री र महासचिव विप्लवले सभागृहबाट संयुक्त सम्बोधन गर्दैछन् ।




प्रतिक्रिया