काठमाण्डु – सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सहमतिपत्रमा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र विप्लव समूहका तर्फबाट खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका छन् ।
सहमतिको पहिलो बुँदामा दुवै पक्ष देशका राजनीतिक समस्या वार्ता र संवादबाट समाधान गर्न सहमत भएको, दोस्रो बुँदामा नेकपाले आफ्ना सबै राजनीतक क्रियाकलाप शान्तिपूर्णरुपमा सञ्चालन गर्न र तेस्रो बुँदामा विप्लव समूहमाथिको प्रतिबन्ध हटाउने, कारागारमा रहेका कार्यकर्ताको रिहाइ गर्ने र सम्पुर्ण मुद्दा खारेज गरिने उल्लेख छ ।
हस्ताक्षार कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव उपस्थित थिउ ।




प्रतिक्रिया