नेपालमा हिंसात्मक बाटो छैन, विप्लवको सेफल्याण्डिङ भयोः प्रधानमन्त्री ओली

नेपालमा हिंसात्मक बाटो छैन, विप्लवको सेफल्याण्डिङ भयोः प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा हिंसात्मक आन्दोलन अन्त्य भएको बताएका छन् । सरकार र नेकपा विप्लव समूहबीच भएको सहमति पत्रमा हस्ताक्षर गर्दै ओलीले शान्तिपूर्ण वातावरणमा अघि बढेको बताएका छन् ।

‘अब नेपालमा हिंसात्मक बाटो छैन । हिंसात्मक कार्यदिशा कसैले पनि लिएर हिँडेको छैन,’ उनले भने, ‘अमेरिका, चीन, भारत भन्दा नेपाल शान्तीको मापदण्डमा अघि बढेको छ । यसअघि नै नेपालको शान्तिको स्थिती प्यारामिटर माथि थियो । अब संयुक्त राष्ट्र संघले भरे कस्तो तथ्यांक ल्याउने हो ?’

प्रधानमन्त्री ओलीले विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आउनु सेफ ल्याण्डिङ भएको बताए । उनले विप्लवसँग वार्ता फोर्सल्याण्डिङ, क्र्यास ल्याण्डिङ नभई सेफल्याण्डिङ भएको बताएका छन् ।

‘जोसुकैले आफ्नो कार्यकर्तालाई एउटा दिशामा हिडिरहेको बाटोबाट अर्को मोड्न सक्दैन,’ उनले भने, ‘यो फोर्सल्याण्डिङ, क्र्यास ल्याण्डिङ पनि हैन, यो सेफल्याण्डिङ हो ।’

उनले गत वर्ष पृथकतावादी आन्दोलन गरिरहेका सीके राउतलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याएको स्मरण गर्दै विप्लवहरु पनि शान्तिपूर्ण राजनीतिमा आएको बताए ।