धनगढी– प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणाविरुद्ध वागी उम्मेदवारी दिएका क्षितिज भण्डारीले मनोनयन फिर्ता लिएका छन्।
कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेकी राणाविरुद्ध वागी उम्मेदवार दिएका कांग्रेस नेता क्षितिज भण्डारी र नयाँ शक्ति पार्टीबाट उम्मेदवारी दर्ता गराएका नृपबहादुर बोहराले आइतबार मनोनयन फिर्ता लिएका हुन्।
प्रधानमन्त्री पत्नी राणालाई पराजित गर्ने उदघोषका साथ उम्मेदवारी दिएका क्षितिजले आइतबार मनोनयन फिर्ता लिएपछि कांग्रेस उत्साहित बनेको छ, भने आरजुलाई राहत भएको छ।
लोकतान्त्रिक गठबन्धनबाट आरजु उम्मेदवार हुँदा उनका मुख्य प्रतिस्पर्धी वाम गठबन्धनका तर्फबाट एमाले नेता नारदमुनी राना हुन्।
राप्रपा राष्ट्रवादीको समर्थन कांग्रेसलाई
मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधी तथा प्रदेश सभाको निर्वाचनमा राष्ट्रिय प्रजातान्त्रिक पार्टी राष्ट्रवादीले कैलाली क्षेत्र नम्बर ५ बाट उम्मेदवारी फिर्ता लिएको छ ।
राप्रपा र नेपाली कांग्रेसबीच राष्ट्रवादी–प्रजातान्त्रिक गठबन्धन गर्ने सहमति भएपछि कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ को ‘ख’ मा राप्रपाबाट उम्मेदवारी दर्ता गराएका दीपक मल्लले आइतबार उम्मेदवारी फिर्ता लिएका छन्।
कांग्रेसबाट उम्मेदवारी दिएका डिल्लीराज पन्तलाई समर्थन गर्ने भन्दै उम्मेदवारी फिर्ता लिएको उनले बताए।




प्रतिक्रिया