काठमाण्डु – नेकपा एमालेले माअोवादी केन्द्रसँग पार्टी एकताको सम्भावना नरहेको स्पष्ट पारेको छ । निर्वाचन आयोगले दुवै पार्टीलाई एकता गर्ने भए १५ दिनभित्र निवेदन दिन आह्वान गरे पनि एमालेले त्यसलाई अस्वीकार गरेको छ ।
आज बसेको एमाले केन्द्रीय कमिटी बैठकले सबै पक्षसँग खुला संवाद गर्न पार्टी तयार भए पनि आयोगले दिएकोसमय सीमाभित्र एकता सम्भव नरहेको स्पष्ट पारेको छ ।
बैठकका निर्णय सार्वजनिक गर्दै पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले १५ दिनभित्रै पार्टी एकताको सभभावना नरहेको प्रष्ट पारेका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘सबै पक्षसँग खुल्ला संवाद र छलफल गर्दै कम्युनिष्ट आन्दोलनलाई उचित र सही वैचारिक तथा संगठनात्मक आधारमा एकताबद्ध बनाउने प्रयास जारी राख्ने निर्णय गर्दै निर्वाचन आयोगले दिएको १५ दिनको समयसीमाभित्र भने पार्टी एकीकरणको सम्भावना नरहेको निष्कर्ष निकालेको हो ।’





प्रतिक्रिया