माधव नेपाल समूहले भन्योः ओलीले गरेका निर्णय मान्य हुँदैन

माधव नेपाल समूहले भन्योः ओलीले गरेका निर्णय मान्य हुँदैन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमाले माधव नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका विधि विपरितका निर्णय मान्य नहुने बताएको छ ।

शुक्रबार बसेको नेपाल पक्षको आकस्मिक स्थायी कमिटी बैठकले प्रधानमन्त्री अ‍ोलीले गरेका सबै निर्णय अवैधानिक रहेकाले आफुहरुलाई मान्य नहुने बताएको हो ।

‘यो विधि विपरितको बैठक हो । यसलाई मान्य हुँदैन’, नेता रघुजी पन्तले भने ।

नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका अनाधिकृत काम आफुहरुलाई मान्य नहुने बताएका छन् । उनले कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न भेला गर्ने जानकारी दिए ।

‘अनाधिकृत, गुटगत र एमालेको विधि विपरितको कार्य हामी अस्वीकार गर्छौं । उहाँको यो दुरासययुक्त कारबाही हो,’ उनले भने ।