काठमाण्डु – नेकपा एमालेले मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविशवासको प्रस्ताव फिर्ता लिन प्रदेश सांसदहरुलाई निर्देशन दिएको छ ।
शुक्रबार बसेको केन्द्रीय कमिटीको बैठकले प्रदेशसभामा पार्टीबाट प्रतिनिधित्व गर्ने सदस्यहरुलाई पार्टी निर्णय अनुरुप सञ्चालित हुन र अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको भए फिर्ता गर्न निर्देशन दिएको हो ।
बैठकले प्रदेशसभामा एमाले संसदीय दलका नेताहरुलाई आफ्ना सदस्यहरुलाई अनुशासत र एकताबद्ध भएर परिचालित गर्न विशेष भूमिका खेल्न पनि निर्देशन दिएको छ ।
एमालेले पार्टीभित्र रहेको ७० वर्षे उमेर हद हटाएको छ । पार्टीको बैठकले विधान संशोधन गरेर ७० वर्षे उमेरहदलगायतका केही विषय हटाएको हो ।
सत्तरी वर्षे उमेर हदले पार्टीका कार्यकारी जिम्मेवारीमा रहेका नेताहरु महाधिवेशनअघिनै विदा हुनुपर्ने र त्यसले पुनःस्थापित पार्टी अघि बढ्न वैधानिक समस्या हुने भएपछि विधानमा संशोधन गरिएको छ ।
पार्टीमा उमेरहद कमिटीको संरचना लगायतका प्रश्नमा नवौं महाधिवेशनबाट पारित विधानका व्यवस्थाहरुलाई परिवर्तित सन्दर्भ अनुकूल बनाउन बाधा अड्काउ फुकाउने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।





प्रतिक्रिया