काठमाण्डु – नेकपा माओवादी केन्द्रले स्थायी समितिको बैठक बोलाएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिवार विहान ९ बजे स्थायी कमिटीको बैठक बोलाएका हुन् । बैठकमा नयां सत्ता समिकरण र एमालेमा गएका नेताहरुलाई कार्वाही गर्ने विषयमा छलफल हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका २३ जना नेतालाई शुक्रबार केन्द्रिय समितिमा नियुक्त गरेका थिए । आजको बैठकमा उनिहरुलाई पार्टीमा फर्कन आग्रह गर्ने नमाने कार्वाही गर्ने तयारी माओवादी केन्द्रको छ ।
माओवादी केन्द्रले प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । शुक्रवार नेपाली कांग्रेस र जनता समाजवादी पार्टीबीच पछिल्लो राजनीतिक अवस्था र सत्ता साझेदारीका विषयमा छलफल भएको थियो । शुक्रबार नै नेकपा एमालेका अध्यक्ष ओलीले माधव नेपाल समुहका नेतालाई जानकारी नदिएर नै केन्द्रिय समिति विस्तार गर्नुका साथै महाधिवेशन गर्ने निर्णय गरेको थियो ।
एमालेमा नेपाल समुहलाई पेलेर प्रधानमन्त्री ओली अगाडी बढेलगत्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्थायी समितिको बैठक बोलाएका हुन । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेस र राजपासंग मिलेर सरकार गठनको तयारी गरेपनि राजपाले प्रधानमन्त्री ओलीलाई नै सहयोग गर्ने सम्भावना बलियो हुंदै गएको छ ।
ऋाजको बैठकमा फागुन १ गते बोलाइएको केन्द्रिय समिति बैठक र ३ गतेको कार्यकर्ताको भेलाको तयारीबारे समेत छलफल हुनेछ ।




प्रतिक्रिया