काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न जनता समाजवादी पार्टीका नेताहरु पेरिसडाँडा पुगेका छन् ।
माओवादी केन्द्रसँग सत्ता समीकरण लगायतका विषयमा छलफल गर्न शनिबार बिहानै जसपाका नेताहरु महन्थ ठाकुर र डा. बाबुराम भट्टराई, राजेन्द्र महतो र अशोक राई पेरिसडाँडा पुगेका हुन् ।
जसपाले शुक्रबार नेपाली कांग्रेससँग पनि छलफल गरेको थियो । माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकिएलगत्तै उनीहरु पेरिसडाँडा पुगेका हुन् ।




प्रतिक्रिया