काठमाण्डु – नेकपा माओवादी केन्द्रले एमालेमा लागेका २३ जना नेताहरूलाई पार्टीमा फर्किन निर्देशन दिएको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा आज बिहान बसेको माओवादीको स्थायी कमिटी बैठकले आफ्नो पार्टी छोडेर एमालेमा लागेका २३ नेताहरुलाई पार्टीमा फर्किन निर्देश नदिएको हो ।
साथै बैठकले २४ घण्टाभित्र पार्टीमा नफर्किए सांसद पदसमेत नरहने गरि कारबाही गर्ने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
कारबाहीमा पर्ने नेताहरुमा माओवादीबाट नाम चलेका रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द थापा, प्रभु साहलगायत २३ जना नेताहरू एमालेको विभिन्न पदमा मनोनित भएका छन् ।
गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा एमालेको बागमती प्रदेश इन्चार्ज भएका छन् भने एमाले अध्यक्ष केपी ओलीले सुदूरपश्चिममा लेखराज भट्टलाई इन्चार्ज तोकेका छन् । त्यस्तै प्रदेश–२ को अध्यक्षमा प्रभु साहलाई चयन गरिएको छ ।
१ रामबहादुर थापा
२ टोपबहादुर रायमाझी
३ लेखराज भट्ट
४ मणिचन्द थापा
५ प्रभु साह
६ टंक आङबुहाङ
७ पासाङ शेर्पा
८ ज्वाला साह
९ टेकबहादुर बलामी
१० कमल जंग
११ मनोज थापा
१२ विषमलाल अधिकारी
१३ लिलाबहादुर थापा
१४ दधिराम न्यौपाने
१५ दिनेश पन्थी
१६ नवीन रोका
१७ धर्मराज रेग्मी
१८ डम्बर विष्ट
१९ गौरीशंकर थारु
२० झपट बोहरा
२१ गिरधर लाल
२२ दावा लामा
२३ चन्द्रबहादुर खड्का




प्रतिक्रिया