एकाबिहानै प्रचण्ड भेट्न खुमलटार पुगेका भीम रावल माओवादीको बैठक चलिरहँदा किन पुगे पेरिसडाँडा ?

एकाबिहानै प्रचण्ड भेट्न खुमलटार पुगेका भीम रावल माओवादीको बैठक चलिरहँदा किन पुगे पेरिसडाँडा ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका नेता भीम रावलले नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई भेटेका छन् । श्रोतका अनुसार नेता रावल प्रचण्डलाई भेट्न आज बिहानै प्रचण्डनिवास खुमलटार पुगेका हुन् ।

सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी ब्यूताइदिएपछि चार दिनअघि पेरिसडाँडाबाट विदा भएका नेता रावलले प्रचण्डलाई आज भेट गरेका हुन् । स्रोतका अनुसार आधा घण्टा छलफल गरेर उनी फर्किएका थिए ।

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्नुअघि प्रचण्ड निवास पुगेका उनी माओवादीको बैठक चल्दै गर्दा पार्टी कार्यालय पनि पुगेका थिए । नेता रावल बैठकमा करिब आधा घण्टा बसेपनि उनले के संवाद गरे भन्ने विषय बाहिर आएको छैन ।

शुक्रबार एमालेका अध्यक्ष केपी शर्मा ओलीले रावलले सम्हाल्दै आएको सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्टलाई दिएका थिए । भट्ट माओवादी केन्द्रबाट मन्त्री भएका नेता हुन्, उनी अहिले ओली समूहमा लागेका छन् ।