काठमाण्डु – नेकपा एमालेका नेता वामदेव गौतमले पार्टी अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधव कुमार नेपाललाई मिलाउन पहल गर्ने बताएका छन् ।
तत्कालीन नेकपाको एकताका लागि घोषित राष्ट्रिय एकता अभियानको शनिबार काठमाण्डुमा भएको भेलामा बोल्दै नेता गौतमले पार्टी भित्रको एकताका लागि आफु ओली र नेपाललाई मिलाउन पहल गर्ने बताएका हुन् ।
तत्कालिन नेकपामा पुष्पकमल दाहाल प्रचण्डसँग सहकार्य गरेका माधव नेपाल समूह सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई पुरानै पार्टी जिवित गराइदिएपछि एमालेमा फर्किएका छन् ।
तर अध्यक्ष ओलीले शुक्रबार मात्रै आफू पक्षीय केन्द्रीय सदस्यहरुको बैठक राखेर नेपाल समूहका सबै नेताको जिम्मेवारी खोस्दै आफू निकटका नेतालाई दिएका छन् ।
नेता गौतमको एकता अभियानले ओलीले पार्टीको नवौं महाधिवेशनको भावना र विधान विपरित यस्तो कदम चालेको भन्दै भत्सर्ना गर्ने निर्णय गरेको छ ।
अभियानले ओली र नेपाल पक्षका दोस्रो तहका नेताहरुलाई एकता गर्नका लागि आन्तरिक दबाब सिर्जना गर्न आग्रह पनि गर्ने भएको छ ।




प्रतिक्रिया