सरकार सर्वोच्चको फैसलालाई लिएर झोक्राएर बस्दैनः मन्त्री ज्ञवाली

सरकार सर्वोच्चको फैसलालाई लिएर झोक्राएर बस्दैनः मन्त्री ज्ञवाली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकार सर्वोच्च अदालतको फैसलाबाट झोक्राएर नबस्ने बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री ज्ञवालीले सर्वोच्च अदालतको फैसलालाई लिएर सरकार न लड्डु खाएर खुसीयाली मनाउँछ न झोक्राएर नबस्ने बताएका छन् ।

‘सर्वोच्च अदालतले यही सदनबाट स्थायित्व खोज्न आदेश दिएको छ । सर्वोच्चका फैसलामाथि सरकार न लड्डु खाएर खुसीयाली मनाउँछ न झोक्राएर नै बस्छ । अदालतले जे देखेको छ । त्यो फैसला गरेको छ । सरकार र प्रधानमन्त्रीले दुई वटा मुद्दा हारेका छौं । हारे पनि हामीले अदालतलाई आलोचना र आक्षेप लगाएका छौं’, उनले भने ।

मन्त्री ज्ञवालीले सर्वोच्च अदालतले संसद पुनःस्थापना गरेपछि त्यसलाई कार्यान्वयन गर्न आफूहरु तयार रहेको बताएका छन् । उनले महत्वपूर्ण विधेयकलाई लत्याएर सदन अवरुद्ध बनाएकोमा असन्तुष्टी व्यक्त गरेका छन् । मन्त्री ज्ञवालीले एसिड आक्रमण र कोरोनाको खोप, बलात्कार र यौनजन्य कार्य सम्बन्धी अध्यादेश पारित गर्न नसकेको बताए ।

‘प्रतिनिधिसभा पुनःस्थापना भएको छ । मैले नेतृत्व गरेको सरकार र पार्टी विधिको शासनमा विश्वास गर्छ । यो फैसलालाई स्वीकार गर्दै कार्यान्वयन गरिनेछ । सरकारको दृष्टिकोण थियो – ताजा जनादेश उपर्युक्त हुन्छ भन्ने बुझाई थियो । सर्वोच्चको फैसलाअनुसार यही सदनबाट राजनीतिक स्थायित्व खोज्ने बाध्यात्मक स्थिति सिर्जना भएको छ’, उनले भने, ‘संसद पुनःस्थापनापछि जुन ढंगले अगाडि बढिरहेका छौं । पहिलेका बैठकले राम्रो संकेत गरेन । सदनका बैठक नचलेको अवस्थामा सरकारले अध्यादेश ल्याउन सक्ने र संसदको पहिलो बैठकले पारित गर्नुपर्ने व्यवस्था छ ।’