एक दशक पुरा गर्दै डिशहोमको प्लस मूभि च्यानल

एक दशक पुरा गर्दै डिशहोमको प्लस मूभि च्यानल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कठमाण्डु – टेलिभिजनमा नेपाली चलचित्रहरु मार्फत दर्शकहरुलाई मनोरञ्जन दिने उदेश्य सहित डिशहोमले शुरु गरेको प्लस मुभिच्यानलले एक दशक पुरा गरेको छ । डिशहोममामुभि अन डिमाण्ड नामबाट सुरु गरिएको यस च्यानल सन २०१२ देखी प्लस मूभि च्यानलको नामबाट संचालनभईरहेको छ ।

दैनिक ८ शो नेपाली चलचित्रहरु प्रशारण गरिरहेको यो च्यानल डिशहोमका दर्शकहरुमाझ अत्यन्त लोकप्रिय रहेको छ । नयाँ,पुरानातथा सबै विधाका नेपाली चलचित्रहरु प्रदर्शन गरिरहेको प्लस मूभिच्यानल डिशहोममा एचडी गुणस्तरमा हेर्न सकिन्छ । यस च्यानलमार्फत दुरदराजका दर्शकहरुले समेत नेपाली चलचित्र सजिलै हेर्न पाएका छन् ।

प्लस मूभि संगै डिशहोमले रमाईलो, एक्सन स्पोर्टस्, सरोकार, रियालिटी टिभि, गुञ्जन, सिनेहिट्स,कमेडि प्लस्,डि मुभिज, जुनियर, राईम्स्, डि म्यूजिक, नेपाः, मधेश प्लस जस्ता आफ्नै च्यानलहरु पनिप्रशारण गरिरहेको छ ।