संसद बैठक चैत १० गतेसम्मका लागि स्थगित

संसद बैठक चैत १० गतेसम्मका लागि स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधिसभाको बैठक चैत १० गतेसम्मका लागि स्थगित भएको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा दलीय आधारमा दलका प्रतिनिधिहरुले बोलेका थिए । त्यस्तै बैठक पूर्वसांसद अशोक कोइरालाको निधनप्रति शोक प्रस्ताव पारित गर्दै चैत १० गते दिउँसो १ बजे बस्ने गरी स्थगित भएको हो ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री लिलानाथ श्रेष्ठ शर्माले लोकसेवा आयोग र राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस गरेका थिए ।