काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीले महान्यायाधिवक्तामा अधिवक्ता रमेश बडाललाई नियुक्त गरेकी छन् ।
राष्ट्रपति भण्डारीले धारा १५७ को उपधारा (२ ) बमोजिम चाबहिल निवासी अधिवक्ता बडाललाई नियुक्त गरेको प्रवक्ता रुपनारायण भट्टराईले जानकारी दिए ।
अग्नी प्रसाद खरेलले महान्यायाधिवक्ताबाट राजीनामा दिएपछि बडाललाई नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।





प्रतिक्रिया