काठमाण्डु – नेपाल मामिला हेर्ने भारतीय अधिकारी परिवर्तन भएका छन् । भारतीय विदेश मन्त्रालयले नेपाल मामिला हेर्ने जिम्मेवारी वरिष्ठ अधिकारीमा भारतीय विदेश मन्त्रालयमा प्रवक्ता रहेका अनुराग श्रीवास्तवलाई दिएको हो ।
भारतीय सरकारी समाचार एन्जेसी पीटीआईका अनुसार नेपाल र भुटानको मामिला हेर्ने नर्थ डिभिजनका सहसचिव (नर्थ विंग प्रमुख)को जिम्मेवारी श्रीवास्तवलाई दिन लागिएको छ ।
हाल नर्थ डिभिजनको सहसचिवमा अरिन्बाम बाग्ची छन् । बाग्चीलाई श्रीवास्तवको स्थानमा मन्त्रालयको प्रवक्ता बनाउन लागिएको समाचारमा उल्लेख छ ।




प्रतिक्रिया