काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली नयाँ पार्टी कार्यालयको अनुगमनमा जाने भएका छन् । प्रधानमन्त्री ओली धुम्बाराहीबाट थापाथली हाइटमा सर्न लागेको नयाँ कार्यालयको अनुगमनका लागि जान लागेका हुन् ।
एमालेको पार्टी कार्यालय थापाथली हाइटस्थित सञ्जय अग्रवालको घरमा सर्न लागेको हो । अग्रवालको घर भाडामा लिने विषयमा आज सम्झौता हुँदैछ ।
साढे २ तलाको उक्त घरमा १३ कोठा छन् । अग्रवालको परिवार अहिले कालीमाटीमा भाडाको घरमा बसिरहेको छ ।




प्रतिक्रिया