शेरधनले बोलाए संसदीय दलको बैठक, अविश्वासको प्रस्तावबारे छलफल हुने

शेरधनले बोलाए संसदीय दलको बैठक, अविश्वासको प्रस्तावबारे छलफल हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताईदिएपछि पहिलोपटक प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेकपा एमाले प्रदेश संसदीय दलको बैठक बोलाएका छन् ।

मुख्यमन्त्री राईले आज बुधबार ११ बजे प्रदेश संसदीय दलको बैठक बोलाएका हुन् । बैठकमा मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभामा पेश गरिएको अविश्वासको प्रस्ताव र पछिल्लो राजनीतिक घटनाक्रममा छलफल हुने बताइएको छ ।

प्रदेश १ सभामा नेकपा एमालेका ५० सांसद छन् । तीमध्ये माधव नेपाल पक्षका १६ जना छन् । प्रमुख सचेतक बुद्धीकुमारराज भण्डारीले बैठकमा सहभागी हुन सबै सांसदहरूलाई खबर गरिएको जानकारी दिए ।

माधव नेपाल समूहका संसद राजेन्द्रकुमार राईले बैठकका बारेमा जानकारी आए पनि आफूहरू भने बैठकमा सहभागी नहुने बताए ।