रेशम चौधरीको रिहाईका लागि सरकारले वार्ता टोली गठन गर्दै

रेशम चौधरीको रिहाईका लागि सरकारले वार्ता टोली गठन गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले थुनामा रहेका रेशम चौधरी लगायतको रिहाइका लागि वार्ता टोली गठन गर्ने भएको छ ।

रेशम चौधरीको रिहाईको माग गर्दै माइतीघर मण्डलामा धर्ना बस्न पुगेका गृहमन्त्री थापाले आज बस्ने मन्त्रिपरिषद् बैठकबाट सरकारले वार्ता टोली गठन गर्ने बताएका हुन् । उनले थारु अगुवाहरुले उठाएका मागप्रति सरकार सकारात्मक रहेको र सो समस्यालाई सरकारले वार्ता र संवादमार्फत् समाधान गर्न चाहेको बताए ।

‘सरकारले एउटा वार्ता टोली गठन गरेर यो विषय समाधान गर्न चाहन्छ । तपाईंहरु पनि वार्ता टोली बनाउनुहोस्,’ उनले भने, ‘आज क्याबिनेट बैठक छ । त्यहाँ वार्ता टोली गठन गर्छौं । छिटै अब यो समस्या वार्ता र संवादद्वारा नै हल गरेर अघि बढ्नुपर्छ ।’

थारु कल्याणकारिणी सभा, थरुहट÷थारुवान संयुक्त संघर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समितिले निलम्बित सांसद चौधरीको माग गर्दै आइतबारदेखि माइतीघर मण्डलामा धर्ना कार्यक्रम गर्दै आइरहेको छ ।

२०७२ सालमा प्रदेश विभाजनमा असन्तुष्ट थारु समुदायको आन्दोलनका क्रममा टीकापुरमा नेपाल प्रहरीका एसएसएसपी लक्ष्मण न्यौपानेसहित ७ जनाको मृत्यु भएको थियो ।

सो घटनामा सांसद रेशम चौधरी दोषी ठहर भई हाल जेलमा छन् । अन्य थारु अगुवाहरु पनि कोही जेलमा छन् भने कोही फरार रहेका छन् ।