जाजरकोटमा जिप दुर्घटना, २ जनाको मृत्यु, ३ घाइते

जाजरकोटमा जिप दुर्घटना, २ जनाको मृत्यु, ३ घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जाजरकोटको जुनिचाँदे गाउँपालिकामा बिहीबार बिहान बलेरो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।

सुर्खेतबाट जुनिचाँदेतर्फ जाँदै गरेको क प्र ०२००१ च १२४३ नम्बरको बलेरो जिप गैरीगुवास्थित भित्री सडक खण्डमा अनियन्त्रित भई दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार जिप सडकबाट झण्डै ३०० मिटर तल खसेर दुर्घटनामा परेको हो । दुर्टजनामा जिप चालक जाजरकोट जुनिचाँदे गाउँपालिका–९ का २० वर्षीयका सन्त बहादुर बस्नेत र वडा नं. ३ स्यालाकी ३० वर्षीया बिपना भण्डारीको मृत्यु भएको हो।

यस्तै, दुर्घटनामा परी जुनिचाँदे–३ स्यालाका ३० वर्षीय दिल बहादुर भण्डारी, उनका ४ वर्षीय छोरा शिशिर भण्डारी र ५० वर्षीया सितला टमटा घाइते भएका छन्।