कोटेश्वरमा माधव–प्रचण्डबीच छलफल

कोटेश्वरमा माधव–प्रचण्डबीच छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका नेता माधवकुमार नेपालबीच छलफल भएको छ ।

सर्वोच्च अदालतले नेकपा नाम विवादलाई किनारा लगाउँदै नेकपा एमाले र माओवादी केन्द्रलाई ब्यूँताईदिएपछि पेरिसडाँडामा अन्तिम बैठक गरेर छुट्टिएका नेता प्रचण्ड र नेपालबीच आज कोटेश्वरमा दोस्रो पटक छलफल भएको हो ।

सर्वोच्चको फैसलाविरुद्ध माओवादी केन्द्र शुक्रबार न्यायिक पुनरावलोकनमा जाँदैछ । एमालेको माधव नेपाल समूहले सर्वोच्चको फैसला राजनीतिक र अचम्मको भएको टिप्पणी गर्दै न्यायिक पुनरावलोकन हुनुपर्ने बताइरहेको छ ।

एमालेको माधव नेपाल पक्षले सर्वोच्चको फैसला राजनीतिक र अचम्मको भएको टिप्पणी गर्दै न्यायिक पुनरावलोकन हुनुपर्ने बताइरहेको छ । यसै सन्दर्भमा छलफल गर्न नेताहरूबीच बैठक भएको प्रचण्डनिकट स्रोतले जनाएको छ ।