प्रधानमन्त्रीमाथि भीम रावलको आरोपः पार्टीको १८ करोड रकम कहाँ छ ? (पूर्णपाठ)

प्रधानमन्त्रीमाथि भीम रावलको आरोपः पार्टीको १८ करोड रकम कहाँ छ ? (पूर्णपाठ)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १८ बुँदे लिखिति स्पष्टिकरण बुझाएका छन् । नेता रावलले प्रधानमन्त्री ओलीमाथि विभिन्न आरोप लगाउँदै स्पष्टिकरणको जवाफ बुझाएका हुन् ।

उनले पार्टीको विधान र प्रक्रिया विपरीत नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुको जिम्मेवारी परिवर्तन गर्ने, नेकपा (एमाले) को सदस्य नरहेका २३ जना माओवादी केन्द्रका नेतालाई केन्द्रीय कमिटीको सदस्य मनोनयन गरेको भन्दै आपत्ति जनाएका छन् ।

‘पार्टी विधानमा संशोधन गर्ने जस्ता निर्णय गरिएको भनी सार्वजनिक गरेर पार्टी विधानको ठाडो उल्लंघन गर्दै पार्टी विभाजनको रेखा कोर्ने आपत्तिजनक काम किन गर्नुभयो ?’, उनले प्रश्न गरे ।

गत फागुन २३ गते सर्वोच्च अदालतको फैसलामा नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को नामको राजनीतिक दल नरहने भएकोले साबिकका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पुनः मिल्ने भए निर्वाचन आयोगमा जानु भनी गरेको फैसला तथा सोही अनुरुप निर्वाचन आयोगले पार्टी एक हुने भए १५ दिनभित्र निर्वाचन आयोगमा आउनु भनी दिएको सूचनाको बारेमा केन्द्रीय कमिटीको अध्यक्षको हैसियतलेनेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक विधिवत् बोलाई किन छलफल नगरेको भन्दै प्रश्न गरेका छन् ।

‘यसरी नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक नबोलाइएबाट सर्वोच्च अदालतको फैसलाको अवज्ञा हुनुका साथै नेपालको कम्युनिष्ट आन्दलनलाई विभाजित बनाईराख्ने तपाईको गलत मनसाय रहेको छ किन नभन्ने ?’, उनले भने, ‘नेकपा (एमाले) पुनःस्थापित भएपछि मसमेत नेकपा (एमाले) र देश तथा जनताको उज्यालो भविष्य चाहने नेता र कार्यकर्ताहरुबाट तपाई समेतका नेताहरुसंग विगतको तथ्यसंगत समीक्षा गर्दै कमी कमजोरी सच्याउँदै पार्टीलाई एकताबद्ध रुपमा अगाडि बढाउन गरिएको आग्रहलाई किन अस्वीकार गर्नुभयो ?’

नेता रावलले प्रधानमन्त्री ओलीले पटक–पटक पार्टी विधान, पद्धति र निर्णयको उल्लंघन तथा अवज्ञा गरेकोले यसबारे बैठक नै नगर्ने चाल चल्नुभएको होइन र ? भन्दै प्रश्न गरेका छन् । उनले आफूले पार्टीको सम्पति हिनामिना गरेको विषयमा आपत्ति जनाएका छन् । प्रधानमन्त्री ओलीले पार्टी एकीकरण पछि समेत केन्द्रीय कार्यालयमा सञ्चित १८ करोड बढी रकमको दुरुपयोग गर्न आफुलाई सहज तुल्याउने अभ्यास गरेको आरोप लगाएका छन् ।

‘तपाईले वालुवाटारमा गुटको भेला गरी नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को विधान विपरीत अलग केन्द्रीय कमिटी र मातहत कमिटीका साथै जनवर्गिय संगठनहरु बनाउने अवैधानिक काम गर्नुभएपछि तपाईका त्यस्ता पार्टी विरोधी गतिविधिबाट पार्टीको हित सुरक्षा गर्ने नेपाल कम्युनिष्ट पार्टी (ने क पा), स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठकबाट भएका निर्णय अनुरुप सुदूरपश्चिम प्रदेश कमिटीका सचिव र कार्यालय सचिवले बैंक खाता संचालनमा आफ्नो हस्ताक्षरको प्रयोग गरी पार्टीको कोष सुरक्षित गरेको कुरालाई मसंग गाँसेर “आर्थिक अनुशासनहीनता र पार्टी सम्पत्तिको हिनामिना गरेको” भन्ने जस्तो झुठो र हास्यास्पद कुरा पत्रमा उल्लेख गर्नलगाएको देख्दा तपाई जनमानसमा भ्रम छर्न कति उद्यत हुनुहुँदोरहेछ भन्ने कुराको पुष्टि हुन्न र ? यस्तो निकृष्ट प्रचार गरेर तपाईले पार्टी एकीकरण पछि समेत केन्द्रीय कार्यालयमा सञ्चित १८ करोड बढी रकमको दुरुपयोग गर्न आफुलाई सहज तुल्याउने अभ्यास गनुभएको मात्र हो किन नभन्ने ?’, उनले भने ।