नेपाल समूहको बैठक बस्दै, अ‍ोली समक्ष केन्द्रीय कमिटी बोलाउन माग गर्ने

नेपाल समूहको बैठक बस्दै, अ‍ोली समक्ष केन्द्रीय कमिटी बोलाउन माग गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमाले नेता माधव नेपाल समूहको केन्द्रीय कमिटीको बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकबारे रणनीति तय गर्न बैठक बोलाइएको नेता योगेश भट्टराईले जानकारी दिए ।

दिउँसो १ बजे कलंकीको एक पार्टी प्यालेसमा बैठक बोलाइएको छ । नेता भट्टराईले प्रधानमन्त्री ओलीले दिउँसो ३ बजे बोलाएको संसदीय दलको बैठकमा आफूहरु सहभागी हुने जानकारी दिए ।

नेपाल समूहको बैठकले प्रधानमन्त्रीसमक्ष केन्द्रीय समितिको बैठक बोलाउन माग गर्ने बताइएको छ । संसदीय दलकाे बैठकमा प्रधानमन्त्री अ‍ोलीले सांसदलाई पछिल्लो राजनीतिक घटनाक्रम र आगामी चुनावका लागि विकास निर्माणका काममा केन्द्रीत हुन निर्देशन दिने प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।