आफु पक्षधर केन्द्रिय सदस्यहरुको बैठकमा जानुअघि माधवले भेटे प्रचण्ड

आफु पक्षधर केन्द्रिय सदस्यहरुको बैठकमा जानुअघि माधवले भेटे प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र एमाले नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । कोटेश्वरस्थित व्यापारी टपेन्द्र तिमल्सिनाको घरमा दुवै नेताबीच दुई घण्टा भेटवार्ता भएको हो । नेता नेपालले आफु पक्षधर केन्द्रीय सदस्यहरुको बैठकमा भाग लिन कलंकी जानुअघि प्रचण्डसंग भेटवार्ता गरेका हुन् । विहिवार पनि दुवै नेताबीच कोटेरश्वरमै व्यवसायी चन्द्रलाल श्रेष्ठको घरमा छलफल भएको थियो ।

दुवै नेताबीच पार्टी एकताको विषयमा छलफल भएको बताइएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपालसहित उपेन्द्र यादव र बावुराम भट्टराईसहितको पार्टी निर्माणको लागी प्रयास गरिरहेका छन् ।

एमाले विभाजनको संघारमा पुगेको बेला दुवै नेताहरुको भेट हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता नेपाललाई पार्टीको अनुशासन उल्लंघन गरेको भन्दै स्पष्टिकरण सोधिसकेका छन् । उनलाई पार्टीबाट कार्वाही गर्ने तयारी भएको एमाले स्रोतको दावी छ ।