घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले किन बुझाएनन् स्पष्टिकरणकाे जवाफ ?

घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले किन बुझाएनन् स्पष्टिकरणकाे जवाफ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका दुई जना नेताहरुले अझै स्पष्टिकरण बुझाएका छैनन् ।

वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावलले बिहीबार नै पार्टीलाई स्पष्टिकरणको जवाफ दिए पनि घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले भने जवाफ दिएका छैनन् । नेता नेपालले १३ र रावलले १८ बुँदे जवाफ दिएका थिए ।

एमाले पार्टी कार्यालयका सचिव ईश्वरी रिजालले नेपाल र रावलले स्पष्टिकरणको जवाफ दिए पनि अन्य दुई जना नेताले स्पष्टिकरण नबुझाएको जानकारी दिए ।

‘उहाँहरुले अहिलेसम्म स्पष्टिकरणको जवाफ दिनुभएको छैन्’, उनले भने ।

पार्टीले तीन दिनभित्र लिखित स्पष्टिकरण दिन निर्देशन दिएपनि उनीहरुले भने पार्टीको कामले व्यस्त भएर बुझाउन नपाएको बताएका छन् । नेताद्वय भुसाल र पाण्डेले आज पार्टीको बैठकमा व्यस्त हुने भएकाले अझै एकदुई दिन लाग्ने जानकारी दिए ।

गत चैत ७ गतेको बसेको नेकपा संसदीय बोर्डको बैठकले नेपाल पक्षका चार जना नेतालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो । संसदीय बोर्डको बैठकले गुटगत गतिविधि गर्नेलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको हो ।