प्रचण्डले किन रोके सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकनमा जाने निर्णय ?

प्रचण्डले किन रोके सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकनमा जाने निर्णय ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुनरावलोकनमा जाने माओवादी केन्द्रको निर्णय अन्तिम समयमा रोकिएको छ । गत फागुन २३ गते सर्वोच्च अदालतले नेकपा बदर गर्ने निर्णय गर्दै तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताएको थियो ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्चको फैसलाविरुद्ध अदालतमा पुनरावलोकनमा जाने तयारी गरेका थिए । बिहीबार र शुक्रबार एमाले नेता माधवकुमार नेपालसँगको छलफलपछि प्रचण्डले अर्को हप्ताका लागि सारेका हुन् ।

माओवादी केन्द्रको स्थायी कमिटी बैठकले नेकपा विवादबारे फागुन २३ गते सर्वोच्चले गरेको फैसलाबारे पुनरावलोकनमा जाने निर्णय गरेको थियो । सोही अनुसार अध्यक्ष प्रचण्डले आफू निकट कानून व्यवसायीहरुलाई निवेदनको मस्यौदा तयार पार्न निर्देशन दिएका थिए ।

वरिष्ठ अधिवक्ता शम्भु थापा, रमण श्रेष्ठ, चण्डेश्वर श्रेष्ठ, गोविन्द बन्दी, रामनारायण बिडारी र मुक्ति प्रधानले निवेदनको मस्यौदालाई अन्तिम रूप दिएका हुन् ।

कानुनविद्हरूले नेकपा भंग गराउने सर्वाेच्चको फैसला सच्चिने गतिला आधार भएको तर्क गर्दै माओवादीलाई पुनरावलोकनमा जान सुझाव दिएका थिए ।

अदालतको फैसला आएको ६० दिनभित्र पुनरावलोकनमा जानुपर्ने कानुनी व्यवस्था छ । उनीहरुको सुझाव अनुसार माओवादी केन्द्रले सर्वोच्चको फैसलाबारे पुनरावलोकनमा जाने निष्कर्ष निकालेको थियाे ।

पार्टीको नाम विवादमा ऋषि कट्टेलले २ वर्षअघि हालेको मुद्दामा सर्वाेच्च अदाललते गत फागुन २३ गते उनकै नेकपा वैधानिक र एमाले र माओवादी केन्द्र मिलेर पछि बनेको नेकपा अवैधानिक भनेर फैसला गरेको थियो ।