४४ जना उपसचिव सहसचिवमा बढुवा (नामसहित)

४४ जना उपसचिव सहसचिवमा बढुवा (नामसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले ४४ जना उपसचिवहरुलाई सहसचिवमा बढुवा गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले ४४ जना उपसचिवलाई सहसचिवमा बढुवा गरेको हो ।

गत माघ १६ र माघ २० मा बसेको बढुवा समितिको सचिवालय बैठकले प्रशासन सेवाका ४४ जना उपसचिवको नाम बढुवाका लागि सिफारिस गरेको थियो ।

पहिलो चरणमा उमाकान्त आचार्य, रमेश मैनाली, ईश्वरीप्रसाद अर्याल, राजेन्द्र पराजुली, नरेशराज खरेल, रामप्रसाद बिडारी, शिवहरि कोइराला, रामबहादुर खड्का, मदन दाहाल, नवराज सापकोटा, बाबुराम सुवेदी, रुद्रप्रसाद लामिछाने, विश्वप्रसाद अर्याल, शिवप्रसाद रेग्मी, विष्णुप्रसाद शर्मा, ईश्वरीराज दाहाल, गोपालप्रसाद रेग्मी, जयकुमार घिमिरे, रामप्रसाद पाण्डे, सुशील वैद्य र कृष्णप्रसाद पन्थ छन् ।

त्यस्तै बढुवा हुनेहरुमा मनोजकुमार आचार्य, थानप्रसाद पंगेनी, गोविन्द्रप्रसाद सुवेदी, अच्युतप्रसाद शिवाकोटी, होमप्रसाद लुइटेल, विश्वप्रकाश अर्याल, प्रदीपकुमार निरौला, शिवराम गेलाल, भोजराज खतिवडा, शिवराज चौलागाई, गणेश अर्याल, राजेन्द्रदेव पाण्डे, टेकबहादुर केसी, सुनिल खनाल, कृष्णप्रसाद सापकोटा, किरण थापा, भगवान अर्याल, भरतकुमार शर्मा, प्रेमलाल लामिछाने, जनार्दन गौतम, कमलराज ढकाल, तुलसीनाथ गौतम रहेका छन् ।