काठमाण्डु – प्रदेश नम्बर १ का नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको सपथ लिएका छन् । मुख्यमन्त्री शेरधन राईले शुक्रबार मन्त्रिपरिषद् पुर्नगठन गरेका थिए ।
नवनियुक्त मन्त्रीहरुलाई प्रदेश १ का प्रमुख सोमनाथ प्यासीले शपथ खुवाएका हुन् । मुख्यमन्त्री राईले चार जना मन्त्री र दुई जना राज्यमन्त्री नियुक्त गरेका छन् ।
अर्थमन्त्री टंक आङबोहाङ, सामाजिक विकास मन्त्री उषाकला राई, भौतिक पूर्वाधारमन्त्री अम्बिरबाबु गुरुङ, कृषिमन्त्री राम रानाले पद तथा गोपनियताको सपथ लिएका हुन् । कृषि राज्यमन्त्री कला घले र वन राज्यमन्त्री राजकुमार ओझाले पनि सपथ गरेका छन् ।





प्रतिक्रिया