एमालेभित्र बसेर संघर्ष गर्ने माधव नेपाल समूहको निर्णय

एमालेभित्र बसेर संघर्ष गर्ने माधव नेपाल समूहको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमाले माधव नेपाल समूहले पार्टीभित्र संघर्ष गर्ने निर्णय गरेको । शुक्रबार कलंकीको एक पार्टी प्यालेसमा बसेको केन्द्रीय कमिटीको बैठकले पार्टीभित्र रहेर संघर्ष गर्ने निर्णय गरेको हो ।

नेता रघुजी पन्तले एमालेलाई बलियो बनाउन पार्टीभित्र रहेर संघर्ष गर्ने निर्णय भएको जानकारी दिए । उनले आजको संसदीय दलको बैठकमा नेपाल समूह उपस्थित हुने पनि जानकारी दिए ।

‘आजको वैठकमा हाम्रा साथीहरू जानुहुन्छ र आफ्नो कुरा राख्नुहुन्छ ‘नेकपा एमालेभित्र बसेर पार्टीलाई बलियो, गतिशील बनाउन र विधि पद्धितिमा चलाउन पार्टीभित्रै रहेर संघर्ष गर्ने नीतिअनुसार संसदीय दलमा भाग लिएर आफ्ना कुराहरु राख्ने निर्णय गरेका छौंं ।’

त्यस्तै नेता सुरेन्द्र पाण्डेले आजको बैठकमा नोट अफ डिसेन्ट राख्ने जानकारी दिए । ‘बैठकमा जाने आफ्ना कुरा राख्ने, ‘नोट अफ डिसेन्ट’ राख्ने अनि फर्कने,’ नेता पाण्डेले भने ।