थ्री नेसन्स कपको उपाधि नेपाललाई

थ्री नेसन्स कपको उपाधि नेपाललाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालले थ्री नेसन्स कप जितेको छ । सोमबार दशरथ रंगशालामा भएको फाइनल खेलमा बंगलादेशलाई २(१ गोलले पराजित गर्दै नेपालले उपाधि जितेको हो। खेलको १८ औं मिनेटमा नेपालका तर्फबाट संजोग राईले पहिलो गोल गरेका थिए भने ४१ मिनेटमा विशाल राईले दोश्रो गोल गरेका छन् । बंगलादेशले दोस्रो हाफमा एक गोल फर्कायो। बंगलादेशका लागि महबुबुर रहमानले ८३ औं मिनेटमा गोल फर्काए।

सन्जोगले १८ मिनेटमा नेपालका लागि पहिलो गोल गरे। सुनीलको कर्नर प्रहारलाई बंगलादेशका डिफेन्डरले राम्रोसँग क्लियर गर्न नसकेको बलमा सन्जोगले डिबक्स भित्रबाट गोल गरे।