एकीकृत पार्टीको संयुक्त बैठक गाेर्कण रिसाेर्टमा

एकीकृत पार्टीको संयुक्त बैठक गाेर्कण रिसाेर्टमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ- नेकपा एमाले र माओवादी केन्द्रको एकता भएपछि एकीकृत पार्टीको संयुक्त बैठक गाेर्कण रिसाेर्टमा बस्ने भएकाे छ । प्रधानमन्त्री निवास बालुवाटमा आज बसेको एकता संयोजन समितिको बैठकले सो प्रक्रियालाई टुंगो लगाएको हो ।

दुई पार्टी बीचको एकताका विषयमा बुधबार सहमति जुटेको थियो । ‘एकीकृत पार्टीको पहिलो बैठक गोकर्ण रिसोर्टमा बस्ने छ’, बालुवाटारमा जारी एकता संयोजन समितिको बैठकमा रहेका एमाले नेता कृष्णगोपाल श्रेष्ठले पत्रकारसँग भने।

एकता संयोजन समितिको बैठकमा भएको सहमतिअनुसार निर्वाचन आयोगमा पुगेर एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहाल संयुक्त रुपमा निर्वाचन आयोग पुगेर एकीकृत पार्टी दर्ता गराउने कार्यक्रम छ । सो कार्यक्रमलगत्तै राष्ट्रिय सभागृहमा पार्टी एकता घोषणा कार्यक्रम तय गरिएको छ ।

अपराह्न ४ बजेका लागि सो कार्यक्रम आयोजना गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव श्रेष्ठले जानकारी दिए । एकता घोषणा कार्यक्रम सम्पन्न भएलगत्तै आज साँझ एक गाेर्कण रिसाेर्टमा एकीकृत पार्टीको संयुक्त केन्द्रीय समितिको बैठक बस्ने कार्यक्रम छ ।