एकतापछि कम्युनिस्ट पार्टीको ‘शक्तिशाली स्थायी समिति’काे अनुहार


काठमाडाैँ- नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पार्टी एकतापछि बन्ने नेपाल कम्युनिस्ट पार्टीको सचिवालय र स्थायी समितिका सदस्यहरूको नाम टुंगो लगाएको छ । ४४ सदस्यीय स्थायी समितिमा एमालेबाट २६ र माओवादीबाट १८ जना रहने सहमति यसअघि नै भइसकेको थियो । जसअनुरुप आज दुवै दलबाट स्थायी समितिमा रहने सदस्यहरूको टुंगो लागेको हो ।

स्थायी समितिमा एमालेबाट केपी शर्मा ओली, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र ईश्वर पोखरेल रहने भएका छन् । त्यस्तै, माओवादीबाट पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ,रामबहादुर थापा बादल र एकजनाको नाम टुंगो लगाउन बाँकी रहेको छ ।

९ सदस्यीय सचिवालय गठन हुने एमालेका महासचिव ईश्वर पोखरेलले जानकारी दिएका थिए । त्यस्तै, नेपाल कम्युनिस्ट पार्टीको स्थायी समिति सदस्यहरूको पनि टुंगो लागेको छ ।

एमालेबाट नयाँ पार्टी नेकपाको स्थायी समितिमा रहने नेताहरूको नामावली:

१. केपी शर्मा ओली, झापा   २. झलनाथ खनाल, इलाम   ३. माधवकुमार नेपाल, रौतहट ४. वामदेव गौतम, बर्दिया

५. सुवासचन्द्र नेम्वाङ, इलाम  ६. भीम रावल, अछाम ७. युवराज ज्ञावाली, दाङ ८. अष्टलक्ष्मी शाक्य, काठमाडाैँ

९. इश्वर पोखरेल, काठमाडाैँ १०. विष्णु पौडेल, रुपन्देही ११. घनश्याम भुसाल, रुपन्देही १२. प्रदिप ज्ञावाली, गुल्मी

१३. भीम आचार्य, सुनसरी  १४. पृथ्वी सुब्बा गुरुङ, लमजुङ १५. गोकर्ण विष्ट, गुल्मी १६. योगेश भट्टराई, ताप्लेजुङ

१७. शङ्कर पोखरेल, दाङ १८. मुकुन्द नेउपाने, बारा १९. सुरेन्द्र पाण्डे, चितवन २०. छवीलाल विश्वकर्मा, रुपन्देही

२१. सत्यनारायण मण्डल, सप्तरी  २२. किरण गुरुङ, तनहुँ २३. अमृत बोहरा ,सिन्धुपाल्चोक

२४. केशव बडाल ,काभ्रे २५. सोमनाथ अधिकारी प्यासी

माओवादी केन्द्रबाट नयाँ पार्टी नेकपामा रहने १८ नेता

१. पुष्पकमल दाहाल प्रचण्ड,चितवन २. नारायणकाजी श्रेष्ठ ,गोरखा ३. रामबहादुर थापा बादल, चितवन

४. टोपबहादुर रायमाझी, अर्घाखाँची ५. अमिक शेरचन, चितवन ६. जनार्दन शर्मा, पश्चिम रुकुम

७.वर्षमान पुन, रोल्पा ८. देवप्रसाद गुरुङ, लमजुङ ९. पम्फा भुसाल, ललितपुर १०. गिरीराजमणि पोखरेल, महोत्तरी

११. मातृकाप्रसाद यादव, धनुषा १२.अग्नि सापकोटा, सिन्धुपाल्चोक १३. ओनसरी घर्ती, रोल्पा

१४. लेखराज भट्ट, कैलाली १५. शक्ति बस्नेत, जाजरकोट १६. हरिबोल गजुरेल, सिन्धुली,

१७. लिलामणी पोखरेल, काठमाण्डु १८. राम कार्की ,झापा

प्रतिक्रिया दिनुहोस
Advertisement