काठमाण्डु – नेकपा एमालेका नेता विष्णु रिजालले नेपाली कांग्रेस सरकार परिवर्तनको खेलाडी नभएको दाबी गरेका छन् ।
शनिबार ट्रवटरमार्फत नेता रिजालले कांग्रेसले पार्टीको विवाद मत्थर पार्न गरेको सार्वजनिक खपत मात्रै भएको दाबी गरेका छन् ।
‘प्रधानमन्त्रीको राजीनामा मान्ने र सरकार गठनका लागि पहल गर्ने नेपाली कांग्रेसको निर्णय पार्टीभित्रको दवाव मत्थर पार्न र सार्वजनिक खपतबाहेक केही होइन । किनभने, अहिले सरकार परिवर्तनका सन्दर्भमा कांग्रेस मुख्य खेलाडी नै होइन’, उनले भनेका छन् ।
माधव नेपाल निकट रहेका नेता रिजालले सरकार परिवर्तनको मुख्य खेलाडी जसपा प्रधानमन्त्री केपी शर्मा अोलीसँग गहन सम्वादमा रहेकाले कांग्रेसले गोल गर्न नसक्ने बताएका छन् ।
‘बल जसपासँग छ र जसपा चाहिं प्रमसँग सघन सम्वादमा छ। त्यसैले कांग्रेसले जति प्रयत्न गरे पनि गोल गर्न सक्दैन । फेरि त्यही प्रश्न आउँछः माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिन नसक्ने, कांग्रेसले बहुमत जुटाएर अविश्वास प्रस्ताव ल्याउन नसक्ने । अनि सरकार परिवर्तनको गुञ्जायस कसरी रहन्छ ?’, उनले प्रश्न गरेका छन् ।




प्रतिक्रिया