काठमाण्डु – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको राजनीतिले कोल्टे फेरेको बताएका छन् । शनिबार कपिलवस्तुमा जिल्ला स्तरीय प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘हिजोदेखि देशको राजनीति फेरियो कोल्टे फेर्यो, काँग्रेसको निर्णयपछि अब छिट्टै अब नयाँ सरकार बन्छ ।’
शुक्रबारको कांग्रेसको निर्णयले राजनीतिले कोल्टे फेरेको भन्दै छिट्टै नयाँ सरकार बन्ने बताएका हुन्। ‘कांग्रेसको निर्णयले राजनीतिले कोल्टे फेरेको छ’, उनले भने, ‘म तपाईं सबैलाई बधाई भन्न चाहन्छु। अब छिट्टै नयाँ सरकार बन्छ। उनले काठमाण्डु फर्किएर नयाँ सरकार गठनका विषयमा भनिभूत छलफल गर्ने दाबीसमेत गरेका छन्।
यस्तै उनले, ‘संविधान र मधेशको सबैभन्दा विरोधी ओली नै भएकाे बताएका छन्। ओलीले मधेशीको नाम सुन्न चाहँदैनन् उनले भने, ‘केही मधेशी नेताहरु मन्त्री पदको लागि ओलीसँग जान खोजिरहेका छन्।
मैले महन्थ ठाकुरलाई गठबन्धनको सरकार बनाएर मधेशी जनताको अधिकारको लागि लड्ने सरकार निर्माण गरौँ भनेको छु। ओलीसँग नजानुहोस् मैले भनिरहेको छु।’ कार्यक्रममा प्रचण्डले मधेशविरोधी शक्तिसँग मिलेर जान नदिनको लागि दबाब दिनसमेत जनतालाई आग्रह गरे।




प्रतिक्रिया