कांग्रेस सांसदको दाबीः एमालेको अन्तिम प्रधानमन्त्री केपी ओली !

कांग्रेस सांसदको दाबीः एमालेको अन्तिम प्रधानमन्त्री केपी ओली !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले नेकपा एमालेको अन्तिम प्रधानमन्त्री केपी ओली हुने बताएका छन् ।

समेबार बसेको प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै सांसद कँडेलले ओलीले शेरबहादुर देउवालाई अन्तिम प्रधानमन्त्री भएको बताउँदै यस्तै अवस्था रहे एमालेको अन्तिम प्रधानमन्त्री अ‍ोली हुने बताए ।

‘उहाँलाई कुर्सीको मोहले जुन किसिमको पीडा छ कुनै पनि हालतमा छोड्न नसक्ने अवस्थामा हुनुुहुन्छ । गोरखामा उहाँले देउवा अन्तिम प्रधानमन्त्री भएको बताउनु भएको थियो त्यही शब्दमा हामी भन्ने हो भने सायद एमालेको अन्तिम प्रधानमन्त्री केपी ओली नै रहनेछन्’, सांसद कँडेलले भने ।

उनले सरकार संविधानको धारा १०० को उपधारा दुई अनुसार प्रधानमन्त्रीले ३० दिनभित्र संसदमा विश्वासको मत लिनुपर्ने बताएका छन् ।

‘दल विभाजित भयो एमालेले हिजो समर्थन लिएर सरकार बनाएको होइन । हामी एमालेलाई चिन्दैनौं । उहाँमा जनमत छ भन्ने लाग्छ भने विश्वासको मत लिने कि नलिने ? उहाँले विश्वासको मत लिनैपर्छ’, उनले भने ।