काठमाण्डु उपत्यका प्रवेश गर्न एन्टीजेन परीक्षण गर्नुपर्ने

काठमाण्डु उपत्यका प्रवेश गर्न एन्टीजेन परीक्षण गर्नुपर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु उपत्यका प्रवेश गर्न अब अनिवार्य एन्टीजेन परीक्षण गर्नु पर्ने भएको छ ।  काठमाण्डु जिल्ला कोभिड–१९ नियन्त्रण तथा रोकथाम समिति (डीसीएमसी) को सोमबार बसेको बैठकले उपत्यका प्रवेश प्रवेश गर्ने नाकाहरुमा कडाइ गर्दै सम्बन्धित नगरपालिकाहरुले स्वास्थ्य जाँच गर्ने र एन्टिजेन टेस्ट गर्न हेल्प डेस्कको व्यवस्था मिलाउने निर्णय गरेको हाे ।

यस्तै एन्टिजेन टेस्टबाट नेगेटिभ देखिएको तर व्यक्तिमा लक्षण देखिए शंकास्पद लागेमा पीसीआर टेस्टका स्वाब संकलन गरी पठाउने निर्णय पनि बैठकले गरेको छ । उपत्यका प्रवेश गर्ने नाकाहरुमा सम्बन्धित नगरपालिकाले स्वास्थ्य जाँच र एन्टीजेन परीक्षण गर्न हेल्थ डेस्कको व्‍यवस्थापन मिलाउने र सम्पर्क व्‍यक्ति तोक्नु पर्नेछ।

यसका साथै उक्त एन्टीजेन किट स्वास्थ्य कार्यालयलाई उपलब्ध गराउन र यदि एन्टीजेन परीक्षणबाट नेगेटिभ देखिएको तर व्‍यक्तिमा लक्षण देखिइ शंकास्पद लागेमा पीसीआर टेस्टको स्वाब संकलन गरी पठाउन समेत समितिले निर्देशन दिएको छ।

आईसोलेशन केन्द्र र क्वारेनटाइनहरुलाई अध्यावधिक राख्ने र सबै नगरपालिकाहरुले आ–आफ्नो नगरपालिकाभित्र कम्तिमा १–१ वटा आईसोलेशन तथा क्वारेन्टाइनको सञ्चालन र व्यवस्थापन गर्ने निर्णय पनि भएको छ ।

स्वास्थ्य मापदण्ड पालना गर्ने गराउने सन्दर्भमा स्वास्थ्य कार्यालय, सबै नगरपालिका, सुरक्षा निकायले प्रचारप्रसारमा जोड दिँदै अनुगमन गरी मापदण्ड पालना नगरेको पाइएमा कारबाही गर्ने निर्णय भएको छ ।