काठमाण्डु – सरकारले आगामी दुई महिना कोरोना संक्रमण उच्च बिन्दुमा पुग्ने आँकलन गरेको छ ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले आगामी जेठ र असारमा कोरोनाको दोस्रो लहर उच्च विन्दुमा पुग्ने जानकारी दिएका छन् ।
‘पोजिटिभ हुने क्रम बढ्दै गएको छ । जनस्वास्थ्यको मापदण्ड पालना नगरे जेठ–असारमा कोरोना अर्को उच्च बिन्दुमा पुग्ने देखिन्छ ।’
लकडाउनमा जानुपूर्व जनस्वास्थ्यका मापदण्ड पालना गर्न समेत उनले आग्रह गरे । ‘अहिले आतंकित हुनुपर्ने अवस्था छैन । सावधान र सतर्क रहौं’, मन्त्री त्रिपाठीले भने ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले पहिलो चरणको दोस्रो डोज खोप आगामि बैशाख ७ देखि ११ गतेसम्म लगाउने बताएका छन् ।
‘बाहिर पहिलो चरणमा खोप लगाउनेलाई खोप छैन भन्ने हल्ला छ,’ उनले भने, ‘पहिलो चरणमा खोप लगाएकाहरूको खोप सुरक्षित तरिकाले भण्डारण गरेर राखिएको छ ।’




प्रतिक्रिया